८ बैशाख २०८१, शनिबार

लामो आयु छैन गठबन्धन सरकारको: योगेश भट्टराई

yogesa bhattarai

नेकपा एमाले पार्टीको सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनको दाबी छ । ‘अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो’ उनले भने ।

गठबन्धन दलहरूमा विघटनको संकेतहरु देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसको आयु नरहेन नेता भट्टराईको भनाइ छ ।