८ बैशाख २०८१, शनिबार

विधि र पद्धतिअनुसार पार्टी सञ्चालन गर्न नेतृत्व परिवर्तन अनिवार्य : नेता सिंह

Prakashman Singh
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले सबैलाई समेटेर जान सक्ने र विधि तथा पद्धतिअनुसार पार्टी सञ्चालन गर्न नेतृत्व परिवर्तन अनिवार्य भएको बताउनुभएकाे छ ।

सिन्धुलीमा आज (साेमवार) आयाेजित कार्यक्रममा सम्बाेधन गर्दै नेता सिंहले वर्तमान नेतृत्वले पार्टी विधि र पद्धति अनुसार चलाउन नसकेकाले अब नेतृत्व परिवर्तन अनिवार्य भएकाे बताउनुभएकाे हाे ।

सभापति पदमा उम्मेदवारी घाेषणा गर्नुभएका नेता सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चलाउन नसक्ने दाबी गर्नुभएकाे छ ।

‘देउवा चौथो प्रयासमा सभापति हुनुभयो, तर पार्टी हाँक्न सक्नुभएन,’ सिंहले भन्नुभयाे, ‘नेता तथा कार्यकर्ताले देउवा र पौडेलले पनि पार्टी हाँक्न सक्नुहुन्न भनिरहेका छन्।’

क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरे पनि महाधिवेशन प्रतिनिधिहरूले उत्तम नेतृत्व चयन गर्ने विश्वास रहेकाे उहाँकाे भनाइ छ ।

कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी मिति तय गरेकाे छ ।