७ बैशाख २०८१, शुक्रबार

(विवरण सहित) सल्यान र दाङको सिमानामा जिप दुर्घटना : एकको निधन १९ घाइते

jip 1024x768 1

सल्यान र दाङको सिमानामा जिप दुर्घटना भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–३ कालीमाटीबाट दाङको तुलसीपुर जाँदै गरेको भे १ त ५२२ न जिप दाङ बबई गाउँपालिका–२ एक्लेबर नजिकै सोमबार बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ का गाडी मालिक देव बहादुर सुनार भएको इलाका प्रहरी कार्यालय खिलकपुरले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खिलकपुरका प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते हुनेमा दाङ दंगिशरन गाउँपालिका –२ निवासी २१ वर्षीया पिमा ओली, बबई गाउँपालिका–२ निवासी २३ वर्षीया पवित्रा ओली निजको ३ वर्षीय छोरा बिज्रेस ओली, ३२ वर्षीया कमला बस्नेत, निजको छोरा १० वर्षीय प्रशान्त खत्री, शान्तिनगर गाउँपालिका –४ निवासी ३५ वर्षीया खली ओली, तुलसीपुर उपमहानगरपालिका निवासी २८ वर्षीया शोभा बुढाथोकी, निजको ७ वर्षीय छोरा लोकेन्द्र बुढाथोकी रहेका छन् ।

यस्तै कालीमाटी गाउँपालिका ३ की बर्ष २८ की रीता खत्री, ३९ का रेशम बुढाथोकी, १८ का खेमराज बुढाथोकी, बर्ष ५ का प्रशान्त राना, १७ वर्षीया सपना ओली, राप्ती सोनारी गाउँपालिका ९ की बर्ष ३५ की पवित्रा बुढाथोकी, ३० वर्षीया पिमा खत्री, बाँके कोहलपुर नगरपालिका –४ की ३२ वर्षीया दीपा ओली, १५ की संगिता बुढाथोकी, ८ की अपेक्षा बुढाथोकी, बर्दिया बाँसघारीकी बर्ष २८ की सुशिला राना रहेका छन् ।

गम्भीर घाइते भएकी पिमा खत्री, पार्वती ओली र प्रशान्त खत्री लगायत अन्य घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनको भनाई छ ।