८ बैशाख २०८१, शनिबार

बाँकी १३ जिल्लामा छठलगतै अधिवेशन गर्ने कांग्रेसको तयारी

Congress

नेपाली कांग्रेसले बाँकी रहेको १३ जिल्लाको अधिवेशनको तयारी थालेको छ । क्रियाशील सदस्य विवादको कारण महाधिवेशन हुन नसेको १३ जिल्लामा कांग्रेसले छठलगतै वडा अधिवेशन गर्ने तयारी गरेको हो ।

कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन सुरु गर्न सकेको छैन । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन । भने रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन ।

कात्तिक २७ गते बाँकी रहेको जिल्लाका वडा अधिवेशन गर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ । कांगे्रसले ६४ जिल्लाको वडा अधिवेशन गरिसेकको छ । त्यसमध्ये हिमाली जिल्लाका १३ वटा जिल्लामा अधिवेशन पछि नयाँ नेतृत्व ल्याइसकेका छन् । भने बाँकी ८ वटा हिमाली जिल्लामा पनि छठलगतै अधिवेशन गर्ने तयारी छ । ती जिल्लामा अधिवेशन गर्न निर्वाचन अधिकृत तोकी सकिएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा गर्ने तय गरिसकेको छ । यसअघि मताहतका कमिटीको अधिवेशन गर्नुपर्ने छ ।