१४ बैशाख २०८१, शुक्रबार

बिग्रेका गुणस्तर हिन क्यामेराले चलचित्र निर्मातालाई सास्ती

prem

निर्माता-निर्देशक परिच्छेद सेन चलचित्र प्रेमगन्जको अन्तिम सेड्युलको तयारीमा थिए । उनको योजना अनुसार सोलुखुम्बुमा पाँच दिन र काभ्रेको नालामा पाँच दिन गरि दस दिनमा सम्पुर्ण छायांकन सकाउने तयारीमा थिए । उनले अनामनगरको सिनेजोन स्टुडियोबाट दस दिनको लागि भनेर रेड ड्र्यागन क्यामेरा भाडामा लिए । क्यामेराले पहिलो दिन बाटै छायांकनमा धोका दिन थाल्यो । क्यामेरामा न त भ्यु फाईन्डर नै चल्थ्यो न त क्यामेराको पूरा सेटप नै थियो । क्यामेराले फुटेज स्टोर कार्ड पनि जम्मा दुईवाटा मात्र ।

छायांकन हुदाहुँदै कार्ड सकिए एक दुई घन्टा कुरेर बस्नु पर्ने हुन्थ्यो । बिहान सात बजे देखि ११ बजे सम्म मात्र आकाश खुल्ने र काम गर्ने पाउने त्यस्तो हिमाली ठाउँमा जाबो कार्ड कपि हुनै एक घन्टा कुर्नु पर्ने भए पछि सिनेमाटोग्राफर सन्जय लामा दिक्क भएर बस्थे । अझ कुनै कुनै बेला त क्यामेराले कार्ड सपोर्ट नै गर्दैन थियो । खिच्दा खिच्दै बिचमा कार्ड ईरर देखाउथ्यो । खिचेको फुटेज पनि ड्रप भएर उड्थ्यो ।

सिनेमाटोग्राफरले बिचमा क्यामेरा फिर्ता गर्न पनि खोजेका थिए तर कबाडी सामान भाडामा लगाउदै निर्माता लुट्न पल्केका कामेरा साहुले क्यामेरा फिर्ता गर्न मानेनन् । क्यामेरा फिर्ता भए पनि उनलाई पुरै १० दिनकै पेमेन्ट गर्नु पर्ने सर्त राखे ।

252793429 446539320385936 8713416175189192329 n

त्यत्रो ६० जनाको युनिट लगेर बसेको छ । सबैको टाईम लिमिट छ । केही दिनमा सबै कलाकार र प्राबिधिकलाई छोड्नै पर्ने छ । यहि कामेराको समस्याले गर्दा तीन दिन सेड्युल बढी सक्यो । निर्देशक निरास देखिन्थे । अब यसले खिचे खिच्छ नत्र सबै ड्रोन क्यामेराले खिच्छु भन्दै थिए ।

दस दिनमा सम्पुर्ण छाँयाकन सकाउने भनेर गएको युनिट सोलुको सेडुल पनि बल्ल ब्बल्ल सकाएर फर्कियो । दिन पनि बढ्यो , चलचित्रको बजेट पनि बढ्यो , तर निर्माताको समस्या कस्ले बुझ्दिने । अब बाकी छाँयाक्न भने तिहार पछि गर्ने तयारी हुँदै छ ।

उता अर्को चलचित्र म राजेस हमालले पनि मल्टीमेट स्टुडियोबाट क्यामेरा लगेको थियो । उक्त चलचित्रमा त झन चार-चार पटक क्यामेरा बिग्रेको थियो । ४५ दिनको लागि बिरगन्ज पुगेको ‘म राजेस हमाल युनिट’ सेड्युल तहस नहस हुदा ६५ दिन बस्नु परेको थियो ।

अहिले साधारण भन्दा साधारण एक नेपाली चलचित्रमा दैनिक तीन लाखको दरले खर्च भैरहेको हुन्छ । एक दिन बढ्दा पनि निर्मातालाई तिन लाखका दरले बजेटले थिच्दै जान्छ । ‘म राजेश हमाल’ मा अनुमानित बजेट भन्दा झन्डै असी लाख बढी बजेट निर्मातालाई भार परेको थियो भने ‘प्रेमगन्ज’ मा एक करोड बढी नै बजेट बढेको छ । काम ढिला हुने कारण जे भए पनि अन्ततः त्यस्को सम्पुर्ण भरपाई निर्माताले नै बेहोर्नु पर्ने हुन्छ ।

यी गुणस्तर हिन सामानलाई नियन्त्रण गर्ने कस्ले र कहिले । यी गुणस्तर हिन सामान बाट फाईदा लुट्न खोज्ने कम्पनीहरुलाई कारबाहि गर्ने कस्ले र कहिले ?