२२ मंसिर २०७८, बुधबार

सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्छ, कुनै शंका नगरौं : प्रधानमन्त्री देउवा

250824594 623030372200138 7326946079576836525 n 1536x1152 1 1024x768 1

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताउनुभएको छ ।

विहीवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै किसिमको शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ।

प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किनुभएको हो । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुग्नुभएको हो ।

देउवालाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाँडसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।