
नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा अहिले भइरहेको कामहरु पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली ओलीलाई पत्र लेख्दै सर्वसाधारण नागरिकको कोरोना परीक्षण गर्न सुझाव दिएका छन् ।
उनले तत्काल गर्नैपर्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेका छन् ।
“कोरोना संक्रमण विरुद्धको यो लडाइँमा हरपल तपाईंको साथमा छु। प्रधानमन्त्रीज्यू, यो महासंकटसँग जुध्ने क्रममा हामीले जसरी गरिरहेका छौं, त्यो पर्याप्त छैन । यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु,” थापाले पत्रमा भनेका छन् ।
उनले सरकारले गरेका पछिल्ला काम स्वागतयोग्य भए पनि नेपाल प्रवेश गर्ने सबैलाई चेकजाँच र क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।