२२ मंसिर २०७८, बुधबार

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

Balkrishana khan tilottma pic e1635674379173

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ ।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनः निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तर्क्रियासमेत गर्नुहुने छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढी पहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्नुभयो । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद, पूर्व मन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी हुनुहुन्छ ।