१४ बैशाख २०८१, शुक्रबार

मिसनमा खटिएका बाहेक सबै नेपालीको अफगानिस्तानबाट उद्धार

af

अफगानिस्तानमा रहेका बाँकी ३२ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपाल एयरलाइन्सबाट आज बिहान २९ जना र फ्लाई दुबईबाट ३ जना गरी ३२ जनालाई स्वदेश ल्याइएको हो । अब अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मिसनमा खटिएका बाहेक सबै नेपालीको उद्धार भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।