१३ बैशाख २०८१, बिहीबार

विवेकहीन बाटो वैकल्पिक शक्ति

rabindra Mishra and milan pande

आफुलाई वैकल्पिक शक्ति दाबी गर्ने विवेकशील साझा पार्टी पश्चगमनको बाटोतर्फ बढेको छ । लामो समयको संघर्षबाट प्राप्त उपलब्धिलाई मासेर यो पार्टी फेरि प्रतिगमन तर्फै सोझिएको छ ।

संघीयता र धर्मनिरपेक्षताको विरोधमा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको मार्ग परिवर्तन दस्तावेज पारित गरेको छ । दस्तावेजमा स्थानीय तहलाई पुन संरचना र सुदृढ गर्ने, सघीयता खारेज गर्नेसम्म छ । त्यस्तै, धर्म निरपेक्षतामाथि जनमत संग्रह गर्न पार्टीको दुई तिहाइले निर्णय समेत गरेको छ ।

नेपाली राजनीतिमा आफूलाई वैकल्पिक शक्ति भन्ने पार्टी नै वर्षौँअघि नागरिकले मिल्क्याएको एजेण्डा बोकेर देशलाई पश्चायती शासन व्यवस्थातिर फर्काउन प्रयास गर्दैछ ।

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे समूह एजेण्डा नमिलेर छुट्टिँदैछन् । पार्टीमा मिश्रले एकैलौटीमा रुपमा पश्चगामी एजेण्डा प्रवेश गराएको पाण्डे समूहको बुझाइ छ। संघीयता र धर्म निरपेक्षता कहाँ समस्या छ भन्ने तर्फ भन्दा पनि खारेजको मागले पार्टीलाई कस्तो दिशा दिन थालिएको हो भन्ने प्रश्न उठेको छ ।

पार्टीको नाम र उद्देश्य कागजमा जे लेखे पनि विवेकशील साझा पार्टीले विवेक गुमाउँदै गएको देखिन्छ । विवेकशीलले राप्रपाकै सिको गर्दै हिन्दूवादीको मत आउँछ की भनेर अन्तिम राजनितिक अस्त्रको रुपमा धर्मनिरपेक्ष राज्यको पक्षमा वकालत गरेको देखिन्छ । वैकल्पिक पार्टी बनेर छलाङ मार्नु पर्ने समयमा काशी जाने कुतीबाटो हिँडे जस्तै मिश्र नेतृत्वको साझा पार्टी पनि त्यही मार्गमा बढेको छ ।