१५ चैत्र २०८०, बिहीबार

बोलेरोले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको निधन

sulochana pokhrel

भरतपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको निधन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार निधन हुनेमा भरतपुर ५ विकास चोककी सुलोचना ढकाल रहेकी छिन् ।

ना ६० प ९९०७ नम्बरको स्कुटरमा सवार ढकाललाई ब ३ च ४०३८ नम्बरको बोलेरेले शुक्रबार दिउँसो साँढे दुई बजे कल्याणपुरमा ठक्कर दिएको ट्राफिक कार्यालयले जनाएको छ । ठक्करबाट घाइते भएकी ढकाललाई चितवन मेडिकल कलेज (सिएमसी) ल्याइए पनि उनको उपचारका क्रममा निधन भएको प्रहरी कार्यालयले जनाएको छ ।

ढकाल गुञ्जानगर मावि भरतपुरकी शिक्षिका समेत हुन् ।