१५ बैशाख २०८१, शनिबार

निश्कासनमा सुडान सतापलटको आलोचना गर्ने ६ देशका राजदूत

sudan

सुडानका सेनाले सतापलटको आलोचना गर्ने राजदूतलाई निश्कासन गरेका छन् । सुडानका सैन्य नेताले विद्रोहको आलोचना गर्ने अमेरिका, युरोपेली संघ, चीन, कतार, फ्रान्स र स्विस शहर जेनेभाका राजदूतहरूलाई बर्खास्त गरेको समाचार संस्था अलजिराले जनाएको छ ।

यी राजदूतहरूमाथि सेनाले देशको सत्ता कब्जा गरेको विषयमा अस्विकार गरेको जनरल अब्देल–फतह बुरहानले आरोप लगाएकाछन् । यस्तै, जेनेभामा संयुक्त राष्ट्र नियोगका लागि सुडानी राजदूतलाई पनि बर्खास्त गरिएको जनाइएको छ ।

राजनीतिक दलहरूबीचको झगडाका कारण सेनाले सत्ता आफ्नै हातमा लिन बाध्य भएको जनरल बुरहानको भनाई छ । आफुले यस्तो निर्णय नलिएको भए देशमा गृहयुद्ध सुरु हुन सक्ने सम्भावना रहेको उनकोे दाबी छ ।

यसैबीच, राजधानी खार्तुम र अन्य ठाउँमा सेनाको शक्ति र कब्जाको निन्दा गर्दै विरोध प्रदर्शन जारी छ ।