
नेकपा एमालेको १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् ।
विहीवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो । १,१९६ जना प्रतिनिधि भने भूगोलबाट आउने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै उहाँले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने बताउनुभयो । त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिनुभयो ।
स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने छ । एमाले केन्द्रीय कमिटी बैठक शुक्रवारका लागि बोलाइएको छ ।