१६ चैत्र २०८०, शुक्रबार

अनुष्का र उनका पति विराटबीच बढ्यो दुरी

virat

बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीको सम्बन्धमा दुरी आएको छ । यो कुराको जानकारी अनुष्काले इन्स्टाग्राम पोष्टमार्फत दिएकी छन् । अनुष्का हाल दुबईको एक होटलमा ‘क्वारेन्टाइन’मा छिन् । जसकारण आफूहरुबीचको सम्बन्धमा ‘दुरी’ आएको उल्लेख गरेकी छन् ।

युएईमा भइरहेको ‘आइसीसी मेन्स टी२० विश्वकप’मा भारतको प्रतिनिधित्व गरिरहेको विराटको टिमलाई हौसला बढाउनका लागि अनुष्का दुबई पुगेकी हुन् । त्यहाँ जाने जोकोही क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेकाले विराटको केही तस्वीरसँगै आफ्नो अवस्था उल्लेख गरेकी छन् ।

अनुष्काले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक फोटो शेयर गरेकी छन् । जसमा विराट कोहली होटलको बार्दलीमा उभिएर अनुष्कालाई ‘हाइ’ गरिरहेका छन् ।

‘म यी दुई क्याप्सनमा एक छनोट गर्न सकिनँ– क्वारेन्टाइन तपाईंको हृदयलाई अझ प्रेमपूर्ण बनाउछ र फोकावाला जिन्दगीको बीच प्रेम । तपाईंहरुले सम्झिनु नै भयो होला’, उनले लेखेकी छन् ।

अनुष्काको यो पोस्टमा रणवीर सिंह, सानिया मिर्जासहित कैयौं बलिउड सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिएका छन् । अनुष्काले छोरी वामिकासँगको कैयौं तस्वीर पनि शेयर गरेकी छन् ।

अनुष्का र विराटले सन् २०१७ डिसेम्बर ११ मा इटलीमा विवाह गरेका थिए ।