१६ चैत्र २०८०, शुक्रबार

मङ्सिरदेखि बिजुलीको नयाँ दर

electricity

मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिनुभएको छ ।

मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उहाँले भन्नुभयो, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ । ” उहाँले सरकारले साझा यातायातमार्पmत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि
जानकारी दिनुभयो ।

उहाँल्े नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै मन्त्री भुसालले यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याउनुभयो ।

विद्युतीय तीन पाङ्गे्र सवारी साधन ट्रियो मोटर्सको अनावरणका सिलसिलामा उहाँले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा स्वच्छ ऊर्जाको बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकतासहित काम गरेको बताउनुभयो ।

भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारी साधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरूलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम गरेको उहाँको भनाइ थियो ।