७ बैशाख २०८१, शुक्रबार

आगामी चुनावपछि देश एमालेमय बन्छ : विष्णु पौडेल

bishnu poudel
फाइल फोटो

नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताएका हुन् ।

उनले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । पौडेलले एमालेबाट स्वार्थी,पदको लालचीहरु बाहिरीपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई/चार जना बाहिरीएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारे ।

पौडेलले एमालेलाई सिंहदरवारतिर हेर्ने फुर्सद नभएको बताउदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागी एमालेलाई रोक्ने तागत कसैसगँ नभएको जिकिर गरे ।