१६ चैत्र २०८०, शुक्रबार

चौथो पटक सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार कंगनाले जितिन

merofilm 3

बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ६७ औं नेसनल फिल्म अवार्ड्स दिइएको छ। भरतका उपराष्ट्रपति वैंकैया नायडूले विजेताहरुलाई पुरस्कार दिएका हुन् । यसपटक उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छिन्, अभिनेत्री कंगनाले । उनलाई फिल्म ‘मर्णिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘पंगा’मा गरेको अभिनयका कारण उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो ।

त्यस्तै, यसपटक उत्कृष्ट अभिनेताको सम्मान पाएका छन्, मनोज वाजपेयी र धनुषले । उनीहरुलाई फिल्म ‘भोंसले’ र ‘असुरन’का लागि संयुक्त रुपमा अवार्ड दिइएको हो । आफूले अवार्ड पाएपछि कंगनाले सामाजिक सन्जालमा यसले आफूलाई उत्साह थपेको बताएकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ६७ औं नेसनल फिल्म अवार्ड्स दिइएको छ। भरतका उपराष्ट्रपति वैंकैया नायडूले विजेताहरुलाई पुरस्कार दिएका हुन् ।

यसपटक उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छिन्, अभिनेत्री कंगनाले । उनलाई फिल्म ‘मर्णिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘पंगा’मा गरेको अभिनयका कारण उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो । त्यस्तै, यसपटक उत्कृष्ट अभिनेताको सम्मान पाएका छन्, मनोज वाजपेयी र धनुषले । उनीहरुलाई फिल्म ‘भोंसले’ र ‘असुरन’का लागि संयुक्त रुपमा अवार्ड दिइएको हो । आफूले अवार्ड पाएपछि कंगनाले सामाजिक सन्जालमा यसले आफूलाई उत्साह थपेको बताएकी छिन् । कंगनाले पाएको यो चौथो नेसनल अवार्ड हो ।

यसअघि उनले पहिलो नेसनल अवार्ड चाहिँ फेसनमा काम गरेवापत् सन् २००८ मा पाएकी थिइन् । त्यसपछि उनले सन् २०१४ र सन् २०१५ मा पनि यो अवार्ड पाएकी थिइन् । भारतीय चलचित्र क्षेत्रका लागि निकै प्रतिष्ठित यो अवार्डमा यसपटक फिल्म छिछोरे उत्कृष्ट फिल्म घोषणा भएको छ । यो फिल्ममा सुशान्त सिंह राजपूत, श्रद्धा कपुरलगायतले अभिनय गरेका छन् । यसअघिको वर्ष कोरोनाका कारण यो अवार्ड दिइएको थिएन । यही अवार्ड वितरण समारोहमा भारतीय सुपरस्टार रजनीकान्तलाई दादासाहेब फाल्के अवार्डबाट पनि सम्मानित गरिएको छ ।