१५ चैत्र २०८०, बिहीबार

चिसो बढ्न थाल्यो, आज देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना

WEATHER rain

आज देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले देशका थोरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बादल लागेको ठाउँको मौसम विस्तारै खुल्दै जानेछ । यस्तै राति पनि उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसैबीच न्यूनतम तापक्रम घट्न थालेकाले चिसो बढ्न थालेको छ । महाशाखाका अनुसार अघिल्लो सोमबार १२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लामा हिजोको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै अघिल्लो सोमबार १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जोमसोमको हिजोको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस र अघिल्लो सोमबार १५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जिरीको हिजोको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । अब क्रमिक रुपमा तापक्रम घट्दै जाने भएकाले चिसो बढ्दै जानेछ ।

    सम्बन्धित समाचार...