७ बैशाख २०८१, शुक्रबार

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

arest

जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन् ।

रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ ।