६ बैशाख २०८१, बिहीबार

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइयोः मुख्यमन्त्री शाक्य

बागमती प्रदेशसभाकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी छन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै विश्वासको मत मागेकी हुन् ।

उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका हुन् ।

त्यसैगरी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् ।

उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप समेत लगाएकी छन् ।