१४ बैशाख २०८१, शुक्रबार

चितवनमा एमालेको दशौं महाधिवेशन, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

cpnuml comittee baithak

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय भएको हो । आज बसेको स्थायी कमिटी बैठकमा महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गरेको हो ।