१३ बैशाख २०८१, बिहीबार

राजधानीमा बिक्री नभएका खसीबाेका जिल्ला फिर्ता

khasi boka

गत वर्षको तुलनामा यस वर्ष दशैंमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् ।

दशैंमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन्।

काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताउनुभयो ।

कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको उहाँको भनाइ छ । उहाँले गत वर्षको तुलनामा यस वर्ष बिक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसीबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताउनुभयो । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसिबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको बताउनुभयो ।

बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकारपक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताउनुभयो । यस वर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ । बिक्री हुन नसकेका खसीबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन् ।

    सम्बन्धित समाचार...