१४ बैशाख २०८१, शुक्रबार

पाँच वर्षमा नेपालमा एक अर्बको तास आयात

tass juwa

नेपालमा चाडबाडका बेलामा तास (प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुन्छ ।

दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर, यसरी खेलिने तास देशभित्र उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।

बितेको पाँच वर्षमा मात्रै नेपालमा ६ करोड ६२ लाख प्याकेट तास (प्लेइङ कार्ड) आयात भएको छ । भन्सार विभागका अनुसार यो पाँच वर्षमा एक अर्ब ५ करोडको तास आयात भएको हो । चालु आर्थिक वर्षको तथ्यांक पनि जोड्ने हो भो आँकडा एक अर्ब १० करोड रुपैयाँ नाघ्छ ।

गत आर्थिक वर्ष २०७७\७८ मा मात्रै एक रोड ३४ लाख प्याकेट तास आयात भएको थियो । त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा २३ करोड ५४ लाख मूल्यको एक करोड ३२ लाख प्याकेट तास आयात भएको विभमागको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५\७६मा अहिलेसम्मकै सबैभन्दा धेरै एक करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूलयको तास नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७४\७५मा १४ करोड ५७ लाखको एक करोड २१ लाख प्याकेट तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७३\७४मा एक करोड १५ लाख प्याकेट तास १४ करोड ५६ लाख मूल्यमा आयात भएको थियो । दशैं अघि मात्रै पाँच करोड ३१ लाख मूल्यको तास नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    सम्बन्धित समाचार...