१२ बैशाख २०८१, बुधबार

घर बनाउन जनही ५ लाख बाढीपहिरो पीडित परिवारलाई दिने मन्त्रिपरिषद्को निर्णय

cabinet

बाढी, पहिरो पीडितले घर भत्काएकाहरुलाई घर निर्माणका लाािग ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए ।

उनकाअनुसार घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख उपलब्ध गराइने छ । विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय गरेको पनि गृहमन्त्री खााणले जानकारी दिए ।

बाढी, पहिरोका कारण मृत्यु भएका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले बताए ।

    सम्बन्धित समाचार...