११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट थप १३ जनाको निधन, ६६२ संक्रमित थपिँदा ७५८ संक्रमणमुक्त

corona insurance

नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट निधन भएको छ भने ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ जनाको पीसीआर परीक्षणमा ५ सय ३५ र १ हजार ४ सय ४ जनाको एन्टीजेन परीक्षणमा १ सय २७ जनामा संक्रमण देखिएको छ ।

यो कूल परीक्षणको ७ दशमलब आठ पांच प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका २ सय ५० जना छन् । जसमा काठमाडौंका १ सय ९२, ललितपुरका ३५ र भक्तपुरका २३ जना छन् ।

उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा ३८ जना संक्रमित थपिएका छन् । थप १३ जनाको निधन भएपछि देशभर कोरोनाका कारण निधन हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।

थप ७ सय ५८ जना संक्रमणमुक्त भएका छन । देशभर संक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो पटक ९ हजार ८ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।