७ बैशाख २०८१, शुक्रबार

चोइटिए पनि एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैनः वरिष्ठ नेता पौडेल

ramchandra
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले कमजोर नभएको स्वीकारेका छन ।

धादिङमा भएको एक कार्यक्रममा माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको वरिष्ठ नेता पौडलले बताएका हुन । त्यस क्रममा उनले नेकपा एमाले नफुटेसमेत जिकिर गरे ।

‘एमालेसंगको चुनावी प्रतिस्पर्धा सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने दाबी गर्दै पौडेलले भने, ‘त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिची अवस्थाले एमालेसँग लड्न सकिँदैन ।’

कांग्रेसका वरिष्ठ नेता पौडेललाई पराजित गर्ने किसान श्रेष्ठलाई नै देउवाले श्रम मन्त्री बनाएपछि पार्टी भित्रको आन्तरिक रडाको झनै चर्किएको छ ।