११ बैशाख २०८१, मंगलवार

पुनः अवरुद्ध पाँच महिनापछि सुचारु भएकाे सडक

616e56428d9bd roadd

पाँच महिनापछि सुचारु भएको साँफे मार्तडी लोकमार्ग पुनः अवरुद्ध बनेको छ । असोज ३१ गते देखि कात्तिक २ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण सडकको तलमाथिबाट पहिरो बग्न थालेपछि सोे लोकमार्ग पुनः अवरुद्ध बनेको हो ।

गत जेठको २४ गतेबाट बाजुरामा सुरु भएको वर्षाका कारण सडकको ठाँउ ठाँउमा पहिरो बग्न थालेपछि साँफे मार्तडी लोकमार्ग लामो समयदेखि अवरुद्ध बन्दै आएको थियो ।

दशैँ तिहारमा सहज हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा साँफे सडक डिभिजन कार्यालयले दुई साता पहिले सडक सुचारु गरेको भए पनि असोज ३१ गते देखि फेरि बाजुरामा वर्षा भएपछि साँफे मार्तडी लोकमार्गसहित बाजुराका नौ वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

पहिरोले लोकमार्ग बन्द भएपछि सदरमुकाम मार्तडीका व्यापारीहरुलाई सामान ढुवानी गर्न फेरि पहिलेको जस्तै अवस्था आएको छ । बाटो बन्द भएपछि व्यापारीहरुले फेरि भरियामार्फत् सामान ढुवानी गर्न बाध्य भएपछि उपभोक्ताहरुले पनि चर्को मूल्यमा सामान खरिद गर्न बाध्य हुनुपर्ने अवस्था भएको हो ।

सडक पहिरोमा परिणत भएपछि यहाँका अधिकांश किसानले बारीमा उत्पादन गरेका तरकारी पनि बजारमा पु¥याउन पाएका छैनन् । तरकारी बेच्न सडक सुचारु नहुँदा बजारसम्म पु¥याउन नसकेपछि अब के गरेर तिहार मनाउने भन्ने चिन्ता लागेको खप्पतड छेडेदहका स्थानीय मनवीर नाथले बताउनुभयो ।

लोकमार्गको तलमाथि दुवै तिरबाट पहिरो खसेपछि सडक विभागले जेसीभी प्रयोग गर्दै आए पनि वर्षाका कारण सडक सुचारु हुन सकेको छैन । बाढीपहिरोका कारण यो वर्ष बाजुराका सडक तहसनहस परेकाले त्यसलाई सफाइ गर्न प्रत्येक महिना स्काइभेटर प्रयोग गर्दै आएको भए पनि पानी पर्न नरोकिएपछि सडक सुचारु गर्न निकै समस्या भएको सडक डिभिजन साँफेले जनाएको छ ।

पहिरोले लोकमार्ग अवरुद्ध सडक सुचारु गर्न भौतिक पूर्वाधार विकास तथा सडक डिभिजन साँफेलाई जानकारी गर्दै आएको र पानी पर्न रोकिने बित्तिकै अवरुद्ध सडक पुनः सुचारु गर्ने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

लामो समयदेखि परेको पानीका कारण बाजुराका सडक पाँच महिनादेखि अवरुद्ध बन्दै आएको थिए । ती सडक सुचारु गरेको झण्डै दुई हप्तापछि बाजुराका सबै सडक पुनः अवरुद्ध बने पनि पानी रोकिने बित्तिकै सडक सुचारु गर्ने तयारीमा रहेको जिल्ला प्रशासन काार्यलय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

    सम्बन्धित समाचार...