६ बैशाख २०८१, बिहीबार

एलएसीमा खटिएका चिनियाँ सेनासँग लड्न भारतले बनायो ‘त्रिशूल र पञ्जा’

collage 441634625290

लद्दाखको गलवान घाटीमा चिनियाँ सेना र भारतीय सेनाबीच झडप भएको अवस्थामा अब चीनलाई भारी पर्ने भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।

नोएडास्थित एक कम्पनीले एलएसीमा खटिएका भारतीय सेनाहरुको लागि चिनियाँ सेनासंग झडप भएको अवस्थामा प्रयोग गर्न कम घातक तर खतरनाक हतियार बनाएको छ। भारतीय सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने यी हतियारहरु चिनियाँ सैनिकहरुलाई उचित जवाफ दिन सक्षम छन्।

गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच भएको झडपमा टिजर गन, काँटेदार लाठी प्रयोग भएको थियो । त्यसक्रममा २० भन्दा धेरै भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनले अहिलेसम्म आफ्नो पक्षमा कुनै मानविय क्षती नभएको दावी गर्दै आएको छ । त्यसयता चीन र भारतबीचको तनाव निकै बढेको छ।

झडपपछि हतियार सुरक्षा बलले नोएडाको इपास्टरन प्राइभेट लिमिटेड कम्पनीलाई हतियार बनाउन आदेश दिएको थियो। कम्पनीले हालै हतियार सार्वजनिक गरेको छ । उसले भगवान शिवको त्रिशूल जस्तै एक हतियार बनाएको छ। कम्पनीका मुख्य टेक्नोलोजी अधिकारी मोहित कुमारका अनुसार गलवानलाई स्ट्यान्ड अफ पछि हल्का र कम घातक हतियार बनाउन भनिएको थियो। सोही अनुसार त्यो हतियार बनाइएको हो ।

कुमार भन्छन्, ‘हामीले परम्परागत हतियारहरुबाट प्रेरणा लिएर कम घातक हतियार बनाएका छौं। एउटा हतियारको नाम ‘वज्र’ राखिएको छ। फलाम काँडा यो स्टिक जस्तै हतियारमा स्थापित गरीएको छ। यसले बुलेट प्रुफ सवारी साधनहरु पनि पन्चर गर्न सक्छ। यो मुठभेडको समयमा सेनाको लागी उपयोगी हुनेछ। वज्रको साथ दुश्मनलाई एक बिजुली झटका पनि दिन सकिन्छ। एक बटन थिच्दा, यसको काँडामा बिजुली झटका चल्न थाल्छ। यो दुश्मन सैनिकहरु केहि सेकेन्डमा बेहोश बनाउनेछ।’

वज्रबाहेक कम्पनीले सैनिकहरुका लागी एक विशेष ग्लोभ पनि बनाएको छ। यसको नाम ‘सेपर’ राखिएको छ। यो एक पञ्जा हो जब यसमा प्रहार हुन्छ तब जो प्रतिद्वन्द्वी बेहोश हुन्छ । यो चिसोमा एक पन्जाको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

तर, यी हतियारको कारण कोही नमर्ने कुमार बताउँछन् । दुश्मन गम्भीर घाइते हुनेछ, तर झडपको क्रममा दुश्मन कुनै समयमा बेहोश हुनेछ। यो हतियार सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरुको लागी मात्र उपलब्ध हुनेछ।

    सम्बन्धित समाचार...