२१ मंसिर २०७८, मंगलवार

प्रधानमन्त्रीद्वारा विपद प्रभावितकाे तत्काल उद्धार गर्न निर्देशन

pm nirdasen

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी उक्त निर्देशन दिनुभएको हो ।