
गुल्मीको धुर्कोटमा छोराले बुवालाई खुकुरी प्रहार गरेर फरार भएका छन् ।
धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरिबहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गरेपछि उनी भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट हरिबहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताउनुभयो । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ ।