६ चैत्र २०८०, मंगलवार

‘आफ्नो आँखाको माया गर’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ ।

retina

‘आफ्नो आँखाको माया गर’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ ।

हरेक वर्षको अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ । मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवी)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरेको थियो ।

विश्वका झण्डै दुई अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र झण्डै चार करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ ।

तर, लापरबाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या विकराल बन्दै गएको छ । विशेषगरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।