Close Me
२९ माघ २०८१, मंगलवार

नवौं मिनेटमा गोल खाएको नेपाललाई अन्जन विष्टले यसरी साफ फुटबलको फाइनलमा पुर्‍याए (भिडियो सहित)

anjan bista saaf penalty bangladesh

खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी गराएर नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुर्‍याएका छन् ।

नेपालले इतिहास रच्दै पहिलो पटक फाईनलमा पुगेको हो । फाइनल पुग्न आजको खेलमा नेपाललाई बराबरी नतिजा आवश्यक थियो । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले सुरुवाती अग्रता लिएको थियो। सुमन रेजाले फ्रिकिकलाई हेडिङ गर्दै गोल गरेका थिए ।

त्यस्तै आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ।

भिडियो : एक्सन स्पोर्ट्स एच डी १