१३ बैशाख २०८१, बिहीबार

सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको निधन

accident

झापाकाे भद्रपुर नगरपालिका ४ रंगेडाडा स्थितमा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको निधन भएको छ । निधन हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् ।

बुधबार दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ गम्भिर घाईते भएका राजबंशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ निधन भएको हाे ।

गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भपाले जनाएकाे छ ।