
झण्डै ८ लाख सर्वसाधारणले काठमाडाैं उपत्यका छाेडेपछि उपत्यका सुनसानझैँ देखिएकाे छ । दशैं चाड मनाउनका लागि धेरै नेपालीहरू आफ्ना गाउँ फर्किएका छन् ।
सधैँजसो जामले भरिने सडक दशैँको बेला खाली देखिएको हो।
बजार पनि लगभग ठप्प देखिन्छ। दशैंमा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले भने ठाउँठाउँमा चेकिङ गरिरहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार मध्यरातिसम्म सात लाख ९२ हजार बढीले काठमाडौँ उपत्यका छाडेका हुन्।
विभिन्न नाकाबाट ११ लाख ५ हजारभन्दा बढी सवारीसाधन काठमाडौंबाट बाहिरिएको महाशाखाले जनाएकाे छ । उपत्यकाकाे सडकमा सवारी साधन थाेरै मात्र देखिएका छन् ।