२३ बैशाख २०८२, मंगलवार

गाउँघरमा कोरोनाको जोखिम धेरै, सावधानी अपनाउन विज्ञको अनुरोध

corona hotwater

चाडबाका बेला मानिसहरू सहरबाट घर जाने क्रम बढेपछि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

गाउँघरका अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छैनन् । यसकारण पनि कोरोना सङ्क्रमण सार्न सक्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले आग्रह गर्नुभयो ।

नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या भने घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि देशभरका १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको थियो । तर हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला ७ मात्रै रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले जनजीवन सामान्य बनेपनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो ।

बितेको २४ घण्टामा देशभर ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर १ लाख २७ हजार ५ सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।