७ बैशाख २०८१, शुक्रबार

८२ हजार बढीले उपत्यका छाडे

xRamechhap Bus Passenger.jpg.pagespeed.ic .CtFK2PATze
फाइल फोटो

दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनाको अघिल्लो दिनदेखि दशैँं मनाउन घर जाने क्रम चलिरहेको छ ।

गत २४ घण्टामा ८२ हजार बढीले काठमाडौँ उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत २४ घण्टामा ८ हजार ५ सय ८४ गाडीमा ८२ हजार ६ सय ३८ जनाले काठमाडौं छाडेका छन् ।

६ हजार २७ हजार ३ सय ५५ जना भने काठमाडौँ आएका छन् । घर फर्कनेको सङ्ख्या बढेसँगै गाउँ भरिन थालेको छ । काठमाडौँ उपत्यका भने रित्तिन थालेको छ ।