
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलबाड भइरहेको बताएका छन् ।
विजया दशमी, शुभ दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आज भरतपुरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरेका छन् । ‘नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलबाड गर्न के नेपाली कांग्रेसको सभापतिलाई ? के यो मुलुकको प्रधानमन्त्रीलाई अधिकार छ ? उनले प्रश्न गर्दै कार्यकर्ता माझ भने ।
महाधिवेशनले पार्टीमा नयाँ गति ल्याएको बताउँदै उनले पार्टीलाई जीवन्त दिएको धारणा राखे । त्यसैले आफूले समयमै पार्टी अधिवेशन गर्न आह्वान गर्दै आउने गरेको उनले स्मरण गरे ।
ओलीले त्यही काम गर्दा विरोध भएकोे कुरा कांग्रेस सभापतिले गरेर कांग्रेसको बेइज्जत गराएको पौडेलको भनाइ छ । पार्टी फुटाउने अभियोग ल्याउने अनि फेरि फिर्ता लिने गरेर प्रधानमन्त्री देउवाले तमासा देखाइरहेको उनको भनाइ छ । जसले नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामा आँच आएको पौडेलले बताए । उनले अहिले देशलाई न्याय र प्रजातन्त्रको प्रकाश चाहिएको बताउँदै त्यो आफू कांग्रेसको नेतृत्वमा पुगेपछि ल्याउने बताए । ‘जे मन लाग्यो त्यही गर्ने ? आफ्नो सत्ताभन्दा अरु कुरा केही नदेख्ने ? पदभन्दा अर्को केही नदेख्ने ?’ उनले प्रश्न गर्दै भने, ‘जे मन लाग्यो त्यही गरेर पार्टीलाई यो हालतमा पु¥याएका छन् ?
कहिले सुर्यमा भोट हाल्नुपर्ने, कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने ? कहिले हलोमा भोट हाल्नुपर्ने अवस्था, १३ औं महाधिवेशनपछि कांग्रेसले कहिले सुर्यमा भोट हाल्नुपरेको, कहिले हँसिया हथौडामा भोट हाल्नु परेको, कहिले हलोमा भोट हाल्नु परेको बताउँदै उनले यो स्थिति सुधार्न १३ औं महाधिवेशनको गल्तीलाई सच्याउन कार्यकर्ता माझ आग्रह गरेका छन् ।
रुखमै भोट हाल्न पर्ने कांग्रेस चाहिएको बताउँदै उनले आफू नेतृत्वमा पुगेपछि त्यस्तो कांग्रेस बनाउन सक्ने बताए । आफूले कांग्रेसमा भूगोलको आधारमा कहिल्यै भेदभाव नगर्ने बताउँदै उनले सानो तहदेखि माथिल्ला तहसम्मका सबै नेता कार्यकर्तालाई समान व्यवहार गरिनुपर्ने धारणा राखे । नेपाली कांग्रेसभित्र स्वच्छेकारी प्रवृत्ति देखिएको बताउँदै उनले यसले लोकतन्त्र कायम गराउन असर गर्ने बताए ।