१४ बैशाख २०८१, शुक्रबार

स्थानीयले गरे भिरबाट जीवितै उद्धार, घान्द्रुक दुर्घटनामा निधन हुने आठको सनाखत

ghandurk

कास्कीको घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृत्यु हुने ८ जनाकै सनाखत भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँ पुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँको गोङ्गबुबाट घुम्न गएका ५ पुरुष र २ महिला रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३ गोङ्गबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन । उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदै थिए ।

मृतक ८ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिनु भयो । चालकसहित ९ जना सवार जिपमा रहेकी २० वर्षीया देविजा घिसिङ भने भिरमा अड्किएको अवस्थामा स्थानीले सकुशल उद्धार गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–१० का अध्यक्ष कुमारप्रसाद गुरुङका अनुसार बाटो बनाइरहेका मजदुरले जिप दुर्घटना भएको देखेका थिए

    सम्बन्धित समाचार...