१२ बैशाख २०८१, बुधबार

गोली चल्यो मोरङस्थित सिटिजन्स बैंकमा

gunfire

मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको बताए ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसरा सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ भने पक्राउ परेकाहरुलाई पनि गोली लागेको छ ।

पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ । तर उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । यस घट्नाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

    सम्बन्धित समाचार...