१५ बैशाख २०८१, शनिबार

फ्रान्सले जित्यो युरोपियन नेशन्स लीग फुटबलको उपाधि

16338927242776

युरोपियन नेशन्स लीग फुटबलको उपाधि फ्रान्सले जितेको छ ।

इटालीको मिलानमा भएको फाइनलमा स्पेनलाई २–१ ले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको हो ।

६४औं मिनेटमा मिकेल ओएरजाबेलले स्पेनलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै फ्रान्सका करिम बेञ्जिमाले गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि ८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्सले समग्रमा २(१ को जितसहित उपाधि उचालेको हो ।

नेशन्स लीगको उपाधि जित्ने फ्रान्स दोस्रो टोली पनि बनेको छ । उता तेस्रो स्थानका लागि भएको खेलमा इटालीले बेल्जियमलाई २(१ ले हरायो ।

    सम्बन्धित समाचार...