१३ बैशाख २०८१, बिहीबार

प्रमुख प्रतिपक्ष दल एमालेको सार्वजनिक लेखा समिति सभापतिमा दावी

nepal parliament building

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन ।

आईतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका छन ।

पूर्वसञ्चारमन्त्री समेत रहेको सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस्भन्दै समितिका सभापति भरत शाहको राजीनामा माग गरे ।

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाईप्रति ऐक्यवद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे ।

उनले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए ।

सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए । उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिनु दिए ।

सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरुले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढने धारणा समेत राखे ।

समितिका सभापति शाहले सो सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेका सांसदद्धय बास्कोटा र गौतमलाई सुझाव दिए । उनले यस्ता विषयहरु कुरा उठाउन विपक्षहरुको धर्म भएको टिप्पणी गरे ।