१५ बैशाख २०८१, शनिबार

अछाममा गएराती जन्ती बोकेको जीप दुर्घटना, चारको निधन, १४ घाइते

6163a615d08c8 Achham Accident

बेहुलीसहित जन्ती पुर्याएर फर्किएको जीप आइतबार मध्यरातमा दुर्घटना हुँदा चार जनाको निधन र १४ जना घाइते भएका छन् ।

निधन हुनेमा पञ्चदेवल विनायक नगरपालिका–२ का १४ बर्षीय जीवन न्यौपाने, १८ बर्षीय सर्प बोहरा, १७ वर्षीय हिमाल नेपाली र वडा नम्बर ३ का १७ बर्षीयका जीवन जैसी रहेको अछाम प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

जैसीको घटनास्थलमै, न्यौपाने, बोहराको स्थानीय स्वास्थ्य संस्थामा र नेपालीको उपचारका क्रममा जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको बताइएको छ ।

जीप दुर्घटनामा घाइते मध्ये मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पञ्चदेल विनायक नगरपालिका–१ मा रहेको कुइकाको नादीको कच्ची सडकमा से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब दुईसय मिटर तल खसेको बताइएको छ ।

बेहुली पुर्याएर राती करिब १२ बजे फर्किका व्यक्ति चढेको जीप साँघुरो कच्ची सडकमा पछाडि गर्ने क्रममा दुर्घटना भएको भनिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।