१४ बैशाख २०८१, शुक्रबार

कर्फ्यू आदेश जारी मोतीपुर औद्योगिक क्षेत्रमा

6162c6a8ceb72 butwal

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कर्फ्यू लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाएको उल्लेख गरिएको छ ।

कफ्र्यू लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी (बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल १७), उत्तर शिवनगर रानीगञ्ज बस्ती(बुटवल १७) र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) रहेको छ ।

त्यअघि आईतबार दिउँसो मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समूहलाई हटाउन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।

गोली प्रहार हुँदा कम्तीमा पाँचजना घाईते भएका छन । मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि रुपन्देही प्रशासनले जग्गा खाली गराउन केही दिनदेखि प्रयास गर्दै आएको छ ।

आईतवार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारीवीच झडप भएको थियो ।