७ बैशाख २०८१, शुक्रबार

भोलि साफ च्याम्पियनसिपमा नेपालले भारतको सामना गर्ने

Nepal vs india friendly match 20210905183348
फाइल फोटो

माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनसिप फुटबलमा भोलि राति नेपालले भारतसँग खेल्दै छ ।

खेलअघि आज भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल नेपाललाई कठिन हुने बताएका छन् ।

७ पटकको च्याम्पियन भारत दक्षिण एशियाकै उत्कृष्ट टिम भएको भन्दै उनले यो खेलमा नेपालको जित्ने संभावना १ प्रतिशत मात्र रहेको बताए।

कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने सपना साकार बनाउन भारतविरुद्धको खेल महत्वपूर्ण रहेको बताए । उनले भारतविरुद्धको खेल कठिन भए पनि त्यसका लागि आफूहरुले राम्रो तयारी गरेको बताए।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

नेपालले भने लगातार दुई खेल जितेको छ। पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ ले हराएको थियो। नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

भारत २ अंक जोडेर चौंथो स्थानमा छ। लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ। तर भारतलाई भने फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाब छ ।