६ चैत्र २०८०, मंगलवार

प्रचण्डको ओलीलाई चेतावनी : अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन्छु !

Prachanda And kp oli
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफु र आफुनो पार्टीविरुद्ध अझै चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् ।

शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनमा बोल्दै प्रचण्डले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको बताए ।

‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पु¥याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ’, प्रचण्डले भने । ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

प्रचण्डले हिन्दीमा भाषण गरेका थिए । उनले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको पनि बताए । ‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु’, प्रचण्डले भने ।

मधेसको प्रमुख समस्या नागरिकता रहेको पनि प्रचण्डले बताए । उनले त्यो समस्या केही हप्तामै समाधान हुने पनि आश्वासन दिए । तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पूर्जा वितरण गर्ने पनि प्रचण्डको भनाई थियो ।