Close Me
२४ माघ २०८१, बिहीबार

नाजिर हुसेन भन्छन् : जात र धर्मले सफलतालाई छेक्दैन

najir husen hero

नायक नाजिर हुसेनले विद्यार्थीको हौसला बढाए । कुनै पनि चिज हासिल गर्न जात, धर्म समस्या नरहेको भन्दै अभिनेता हुसेनले भने, ‘तपाईहरु कहिले आफू दलित समुदायबाट हो, म यो गर्न सक्दैनौ भनेर नसोच्नुस् । बरु त्यसलाई प्राप्त गर्न दृढ इच्छाशक्तिका साथ लाग्नुस् ।’

नेपालको फिल्म क्षेत्रमा आफूले पनि कडा संघर्षपश्चात स्थान पाएको बताउँदै अभिनेता हुसेनले भने, ‘मेहनत गर्नुस्, त्यो परिश्रमको फल भागवानरअल्लाह आफैंले एक दिन अवश्यक दिनेछन् ।’

कार्यक्रममा भोर नामक गैर सरकारी संस्थाले नेपालभरिमा एसईई उर्त्तिण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।

शैक्षिक वर्ष २०७७ सालमा नेपालभरिमा एसईई उर्त्तिण गरेको मुसहर समुदायका २१५ र डोम समुदायका ४ गरि २१९ जना अति दलित विद्यार्थीलाई भोरले शनिबार सम्मान गरेको छ । साथै एसईई उर्त्तिणपश्चात उच्च शिक्षा हासिर गर्न चाहने ती सामुदायका विद्यार्थीलाई भोरले स्थापना गरेको भोर छात्रवृति कोषबाट अध्ययनका लागि छात्रवृतिसमेत दिने जनाएको छ ।

भोर संस्थाका अध्यक्ष राजकुमार महतोले भोरले स्थापनाकालदेखि मुसहर र डोम समुदायलाई केन्द्रमा राखी कार्यक्रम गर्दै आएको बताए ।