७ बैशाख २०८१, शुक्रबार

‘मेरी मायालु’मा नाजिर र अशुको छमछमी

Capture

गायक निशान भट्टराई र गायिका श्रद्धा प्रसाँइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘मेरी मायालु’ बोलको गीत सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यो गीतको भिडियोमा शान थापाको निर्देशन छ । भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियोमा मोडल नाजिर हुसेन र अशु न्यौपानेको नृत्य रहेको छ । गीत डान्सिङ शैलीमा भएका कारणले पनि नाजि र अशुलाई कोरियोग्राफर राजीवले गज्जबले नचाएका छन् ।