१२ बैशाख २०८१, बुधबार

आजदेखि खाद्य व्यवस्था कम्पनीले खसीबोका बिक्री गर्न शुरु

khasi boka

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबार बिहान ७ बजेदेखि दशैंका लागि खसीबोका बिक्री खुल्ला गर्ने भएको छ । शुक्रबार संस्थानले बिक्री मूल्य समेत तोकेको छ ।

सरकारी स्वामित्वको खाद्यान्न बिक्री वितरणको जिम्मा पाएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रबार देशका विभिन्न जिल्लाबाट दशैंलाई लक्ष्य गरेर ७ सय २९ खसीबोका भित्र्याएको छ । यसरी ल्याइएका खसीबोका शनिबार बिहान ७ बजेदेखि बिक्रीका लागि खुला गर्नेछ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै संस्थानले खसीबोका किन्न टोकन तथा लाइनको व्यवस्था गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रादेशिक प्रमुख ज्ञानु थापाले बताउनुभयो ।

संस्थानले शुक्रबार बेलुकी सचिव सहितको टोली बसेर खसीबोकाको बिक्री मूल्य निर्धारण गरेको छ । जसअनुसार ज्यूँदो खसीबोका बिक्री मूल्यमा १० रुपैयाँ छुट सहित प्रतिकेजी ६ सय ४० पर्ने छ । संस्थानले अधिकतम व्यक्तिको पहुँचलाई सुनिश्चितता गर्नको लागि एकजनालाई दुई भन्दा बढी खसीबोका बिक्री नगर्ने जनाएको छ । संस्थानले सर्वसाधारणलाई हरेक दशैंमा बजार मूल्यभन्दा कम मूल्यमा खसीबोका बिक्री गर्दै आएको छ त्यसैलाई यस वर्ष पनि निरन्तरता दिएको थापाले बताउनुभयो ।

उपभोक्ताहरु खाद्य कम्पनीमार्फत खसीबोका खरिद गर्दा मूल्य र तौलमा नठगिने विश्वास गर्छन । यसकारण पनि घटस्थापनादेखि नै खसीबोका किन्ने सर्वसाधारण कम्पनीमा सोधपुछका लागि पुगिरहेका छन् ।

संस्थानले हेटौंडा, दाङ लगायतका पहाडि इलाकाबाट स्वास्थ्य विज्ञबाट स्वास्थ्य चेकजाँच गराएर खसीबोका झिकाएको हो । उपभोक्ताको चाप र मागलाई ध्यानमा राख्दै २ हजारसम्म खसीबोका भित्रउने संस्थानको लक्ष्य छ ।

    सम्बन्धित समाचार...