८ बैशाख २०८१, शनिबार

मन्त्रिपरिषद् बैठक- मन्त्री नियुक्तिकाे विषयमा न्यायालयलाई जोड्नु गलत : मन्त्री कार्की

Gynandra karki

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोडिएको कुरा निराधार रहेको जनाएको छ ।

हेरफेर पछिकाे पहिलाे मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हमाल नेपाली काङ्ग्रेसको महत्वपूर्ण पदमा रहेको र उहाँको योगदान र लगशीलताका कारण उहाँलाई प्रधानमन्त्रीले नियुक्त गर्नुभएकाले यो नियुक्तिप्रति न्यायालयलाई जोड्नु गलत भएको जानकारी दिनुभयो ।

बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।