१३ बैशाख २०८१, बिहीबार

जर्मनीमा दुई जना बढी सँगै हिँड्न नपाउने, चान्सलर मर्केल पनि क्वारेन्टानइनमा

Angela Merkel

कोरोना भाइरसको संक्रमण रोक्न जर्मनीले घर र कार्यालयबाहेकका सार्वजनिक स्थानमा दुई जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने कडाईसहित उक्त नियम लागू गरेको छ।

टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै जर्मन चान्सलर एन्जेला मर्केलले यो नै संक्रमणलाई कम गर्ने सबैभन्दा प्रभावकारी तरिका भएको बताइन्।

भाइरसको संक्रमण कम गर्नका लागि हाम्रै बानी सबैभन्दा प्रभावकारी उपाय रहेको बताउदै सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला नहुन आग्रह गरेकी छन् । सरकारको पछिल्लो निर्णयअनुसार कपाल, श्रृङ्गार गृह तथा मसाज स्टुडियोहरू बन्द हुनेछन्।

जर्मनीले अत्यावश्यकबाहेकका केही पसलहरू पहिला नै बन्द गरिसकेको छ।

नयाँ नियमअनुसार अब सार्वजनिक स्थलमा तीन वा सो भन्दा बढी मानिसहरू एकसाथ भेला हुन पाउने छैनन्। यो नियम एकाघरको सदस्य वा कार्यस्थलको हकमा भने लागू हुने छैन। प्रहरीले यो नियम पालना भएरनभएको नियमन गर्नेछ र त्यसलाई तोड्नेलाई कारबाही गर्नेछ।

त्यसैगरी रेस्टुरेन्टले अब खाना घर वा अन्यत्र लानका लागिमात्र बेच्न पाउनेछन्। नयाँ नियमअनुसार अबदेखि ग्राहकहरूले रेष्टुरेन्टमा बसेर खान पाउने छैनन्।

यो नियम जर्मनीभरि कम्तिमा दुई साताका लागि लागू हुनेछ।

यसैबीच चान्सलर मर्केल आफू पनि क्वारेन्टिनमा बसेकी छन्। उनको सम्पर्कमा आएका एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मर्कल क्वारेन्टिनमा बसेको बिबिसीले जनाएको छ।

ती चिकित्सकले शुक्रबार मर्केललाई निमोनियाविरुद्धको खोप लगाएका थिए।

चिकित्सकलाई संक्रमण पुष्टि भएपछि क्वारेन्टिइनमा गएकी ६५ वर्षीया मर्केलको केही दिनसम्म निरन्तर स्वास्थ्य परीक्षण गरिने र उनले घरैबाट नै आफ्नो काम गर्ने उनका प्रवक्ताले बताएका छन्।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ‍९४ जनाको ज्यान गइसकेको छ भने २४ हजार ८ सय २३ जनामा संक्रमण देखिएको छ। एजेन्सी

    सम्बन्धित समाचार...